काठमाडौं- नेकपा एमालेका नेता एवं झापा क्षेत्र नं ४ का साँसद एलपी साँवाले नेपालमा अब आर्थिक क्रान्तीको आवश्यक रहेको बताउनुभएको छ ।
झापाको कनकाईमा युवाहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै साँवाले आर्थिक क्रान्ती मार्फत नेपाललाई सुखी र समृद्ध बनाउने काम युवाहरुकै काँधमा रहेको बताउनुभएको छ ।
ग्लोवल ओरियन्स नेपालमा वितरकको भूमिकामा रहेका युवाहरुको समुहले आयोजना गरेको नेतृत्व विकास सम्बन्धी कार्यक्रममा बोल्दै साँवाले ‘राजनीतिक क्रान्तीले जनतालाई अधिकार सम्पन्न बनाएको अब आर्थिक क्रान्तीले सुखी र समृद्ध बनाउनु पर्ने’ बताउनुभएको छ ।
मंसिर ४ गतेको निर्वाचनमा आफ्नो विजयी सुनिश्चित भएको भन्दै साँवाले आफू सँसदमा पुगेपछि युवा लक्षित रोजगारीका कामलाई प्राथमिकताका साथ उठाउने बताउनुभयो । ‘मंसिर ४ पछि एमालेको सरकार बन्छ । त्यसपछि युवालाई आर्थिक रुपमा समृद्ध हुने र स्वरोजगार हुने बाटो खुलाउनेछ ’ साँवाले भन्नुभयो ।
कनकाई उद्योग वाणिज्य संघको हलमा भएको कार्यक्रममा १८ देखि २५ वर्षका करिब १ हजार जना युवाहरु सहभागी थिए ।