टागनडुब्बा/
सुकमती सोरने एकजना धराने नाम गरेका झापा जग्गा धनीको थोरै क्षेत्रमा झुप्रो बनाएर बस्नु हुन्थ्यो । सानो झुप्रो बनाएर बसेको र त्यसकै छेउमा पर्ने केहि जमिनमा उब्जाउ गरेर उहाँ आफ्नो दैनिक चलाइरहनु भएको थियो । त्यस वापत उहाँले साहुलाई केहि मन धान वर्षेनी उब्वाउ गरेर दिनु पथ्र्यो ।
जहाँ जहाँ यसरी नै बस्न र काम गर्न पाइन्छ उहाँहरु त्यहँँ यसरीनै झापा गाउँपालिका भरि हिडडुल गर्नु हुन्थ्यो । बस्ने स्थाई घर थिएन । घर बनाउन आफ्नो नाममा कहि पनि जमिन छैन । जमिन खरिद गर्ने उहाँले न कमाई गरेर बचत नै गर्न सक्नु भएको छ ।
दैनिक ज्यालामजदुरी गरेर जिविको पार्जन गर्ने यो समुदायलाई नेपाल सरकारले घर बनाएर राख्ने योजना बनायो । तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलीको सरकारले घर नभएका विपन्न नागरिकलाई घर बनाइदिएर सुरक्षीतसाथ राख्ने योजना कार्यान्यावनमा ल्याउन थालेपछि विपन्न नागरिक अहिले लाभान्वित भएका छन् । सुकमतीले पनि अहिले घर पाउनु भएको छ ।
अव दिनभरी बोहनी बुतो गरेर आएपनि आफ्नो स्थाई घर नहुदा साहुले निस्केर जा भन्ला कि भन्ने डर हटेको उहाँ बताउनु हुन्छ । उहा अहिले आफ्नै घरमा बस्न पाउनु भएको छ । ‘खै सरकारले बनाइदिएको घर भन्छन् ’ घर कस्ले दिएको घर हो भनेर सोधेको प्रश्नामा सुकमती भन्नु हुन्छ ‘सुन्न चाहि एलपि सावाले बनाइदिएको रे तर कसरी कसरी बन्यो अरु चाहि थाह भएन ’ उज्यालो खवरसँगको कुराकानीका क्रममा उहाँले बताउनु भयो ।
बस्नकालागि सजह र सुरक्षीत भएको अनुभुती सुकमती जस्तै नुनिया चोडेको पनि छ । ‘घर थीएन , कहाँ बस्ने होला भन्ने चिन्ता थियो अहिले आफ्नै घर पाएका छौ खुसी लागेको छ ।’ चोडेले बताउनु भयो ।
झापाको झापा गाउँपालिका स्थित बालुवाटारमा एकै आकारका २० वटा घर बनाइएको छ । सरकारी जमिनमा बनाइएको घरहरु हेर्दा एउटै छन् । सबैको रङ्ग रोगन उस्तै छ । समान प्रकारका घरहरु यहाँ बनाइएको छ ।
सरकारले जनता आवास कार्यक्रम मार्फत यहाँ घर बनाइदिएको हो । केपि ओली प्रधानमन्त्री भएको बेला आएको यो कार्यक्रमले विपन्न नागरिक लाभान्वीत भएका छन् ।
हरेक पालिकामा यस प्रकारको काम गर्न भन्दै सरकारले बजेट नै छुट्टयाएर पठाइदिएपछि विपन्न नागरिकले घर पाउन सम्भव भएको हो । १ करोड ३० लाख रुपैँयाको लगानीमा बनेका यी २० वटा घरमा सबै यस क्षेत्रका आदिवासी तथा विपन्न नागरिकलाई राखीएको छ ।
‘घर दियौ अव रोजगार उपलब्ध गराउन हाम्रो ध्यान केन्द्रित हुने छ ’: सांसद सावा
विपन्न नागरिकलाई आवास दिएर मात्रै व्वस्थापन गर्ने काम नसकिएको यहि क्षेत्रका प्रतिनिधि सभा सदस्य एलपि सावा बताउनु हुन्छ । ‘घर बिहिन आफ्ना जनतालाई पहिलो चरणमा हामीले घर बनाएर राखेका छौ उनीहरुलाई रोजगारीको प्रबन्ध मिलाउने कार्यक्रम तय गर्ने छौ ।’ सावाले बताउनु भयो ।
‘विपन्न नागरिकहरु के काम गर्न चाहन्छन् ? उनीहरुलाई त्यो कामसँग जोडन् सकिने गरिको सिपको विकास पहिला गराउने छौ । सिप सिकाएर उनीहरुलाई स्वरोजगार बन्न विउ पुजि उपलब्ध गराउन सकिन्छ वा काम गर्न चाहनेलाई दक्ष बनाएर काममा लगाउन सकिने छ । ’ सावा भन्नु हुन्छ ‘यसरी चरणवद्ध रुपका काम गरेर विपन्न नागरिकहरुलाई घर दियौ अव रोजगार दिन्छौ ।’ उज्यालोसँगको संवादमा सांसदले बताउनु भयो ।
यहाँ बसोबास गर्ने नागरिकहरुले आफुहरुको घरमा बर्खा लाग्दा घर छिर्नै गाह्रो हुनेगरि हीलाम्मे हुने गुनासो गरेका छन् । ‘बस्ति भित्रै राम्रो सडक र बस्तिको छेउमा उएटा मन्दिरपनि भए हामीलाई निकै सहज हुने थियो । ’ सुकमतीले अन्तिममा माग राख्नु भएको छ । यो मागलाई चुनाव पछि तत्कालै पुरा गर्ने सांसद सावाले प्रतिवद्धता जनाउनु भएको छ ।