कनकाई खबर \ झापा क्षेत्र नं. ४ का संघीय सांसद एल.पी.साँवा लिम्बूले केन्द्रीय राहत कोषमा आफ्नो एक महिना बराबरको रकम जम्मा गरेका छन् ।
सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न खडा गरेको केन्द्रीय राहत कोषमा थप सहयोग पुर्याउँने उद्येश्यका साथ रकम जम्मा गरेको वताएका छन् । नेपालमा कोरोना संक्रमण हुन नदिन सरकारका तर्फवाट जारी गरीएका सवै सर्कुलरहरुलाई धैर्यताका साथ पालना गर्दै संयमीत बन्न समेत संघीय सांसद लिम्बूले सवैलाई अनुरोध गरेका छन् ।
विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न मन्त्रिपरिषदको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय भए अनुसार कोष स्थापना भएको हो । कोषमा प्रधानमन्त्री , मन्त्रीहरु, सांसद लगायत सम्वन्धित सवैको एक महिना बराबरको तलब जम्मा हुँदै आएको वताइएको छ । बिपतको बेला राहत उपलव्ध गराउँन स्थापना गरिएको कोषमा सहयोग गर्न सरकारले सबैलाई आह्वान गरेको छ ।