झापा । भुमिहिन, सुकुम्बासीले जग्गा धनीपुर्जा प्राप्ति गर्ने प्रक्रियामा पुनः अल्झन आउन सक्ने देखिएको छ ।
सरकार परिवर्तन भए सँगै पुर्जा वितरणमा राजनीति हुने सम्भावना बढेको हो । निवर्तमान केपी शर्मा ओलीको सरकारले भुमिहिनका समस्या समाधान गर्न देशव्यापी रुपमा भुमी सम्बन्धि समस्या समाधान आयोग गठन गरेर कार्य अगाडी बढाएको थियो ।
आयोगमा नेकपा एमाले समर्थक प्रविधिक र विशेषज्ञ कार्यकर्ताको बाहुल्यता छ । एमाले कार्यकर्ताले गर्ने कामको जस आफ्नो हातमा नपर्ने मनसायले परिवर्तित शेरबहादुर देउवा नेतृत्वको सरकारले पुर्जा वितरण कार्य प्रभावित गर्ने देखिएको हो ।
वि.सं.२०४६- ४७ सालको जनआन्दोलन पश्चात बनेका सरकारले पटक पटक ताकेता गरे पनि पुर्जा वितरणमा अवरोध आउने गरेको छ ।
यसै सन्दर्भलाई लिएर झापाली सांसद एल पी साँवा लिम्बुले पुर्जा वितरण कार्यमा भाँजो नहाल्न सरकारलाई आग्रह गरेका छन् ।
यस विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सांसद साँवाले लेखेका छन्, "धेरै लामो समयको प्रयत्न पछि नेकपाको सरकारले लालपुर्जा प्राप्त नगरेकाहरुको लागि लालपुर्जा बितरणको कार्य गर्न भुमी सम्बन्धि समस्या समाधान आयोग गठन भएको छ । झापा जिल्लामा समेत बनेको र लालपुर्जा बितरणको प्रक्रियामा रहेकोछ । केही समाचार माध्यमले आयोगको खारेजी को न्युज प्रसारण भईरहदा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।लालपुर्जा प्राप्ति गर्ने प्रकृया कुनै पनि राजनितीक कारणले रोकिनु हुन्न भन्ने मेरो अनुरोध छ ।"
<a target="blank" href= "https://satelitekhabar.com/details/7236>https://satelitekhabar.com/details/7236</a>