नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको नेतृत्वका लागि अध्यक्ष र महासचिवबीच सहमति, पुनः अध्यक्षमा एल.पी. साँवा लिम्बु

Nepal Business 2022 Apr 06

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको नेतृत्वका लागि अध्यक्ष र महासचिवबीच सहमति, पुनः अध्यक्षमा एल.पी. साँवा लिम्बु

काठमाण्डौं– नेपाल राष्ट्रिय उद्योग व्यवासय महासंघको ‘दोस्रो महाधिवेशन’ को दोस्रो दिन बिहीबार बन्द शत्र कार्यक्रम भइरहेको छ ।

बन्द शत्र कार्यक्रममा महासंघको नयाँ नेतृत्व तथा प्रतिनिधिहरु चयन गरिने नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका स्थायी किमिटि सदस्य राजेन्द्र भण्डारीले जानकारी दिनुभएको हो । 

महासंघको नयाँ नेतृत्व सहमतिमा नै चयन हुने प्रतिनिधिहरु बताउछन् । उहाँका अनुसार महासंघको अध्यक्षका लागि अध्यक्ष र महासचिवबीच सहमति भइसकेको छ ।

दुबै जनाको सहमति अनुसार महासंघको अबको कार्यभार अध्यक्ष एल.पी साँवा लिम्बुले समाल्नुहुनेछ भने महासचिवको कार्यभार भागिरथ सापकोटा। 

सदस्य भण्डारीले भन्नुभयो, ‘उहाँहरुको सहमति भइसकेको छ । बाँकी रहेका पदका लागि धेरै प्रतिनिधिको सहभागिता रहेको छ । सकेसम्म सर्वसम्मतले नै अगाडि बढ्ने हो । यदि भएन भने चुनाव हुन्छ । बेलुकासम्म सबै प्रतिनिधिहरुको टुङ्गो लाग्छ ।’

महासंघको दोस्रो महाधिवेशन बुधबारदेखि सुरु भएको हो । पहिलो दिन बुधबार खुल्ला शत्रको पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । 
https://nepalbusiness.com/News/Details/4535