नेपालको को पूर्बी पहाड ताप्लेजुङ जिल्ला ( नाल्बो ) मा २०२४ शाल मा , माता श्री दिल मायाँ लिम्बु र पिता श्री बुद्धिमान साँवा ( लिम्बु ) का जेष्ठ पुत्र को रूपमा जन्मीनु भएका लाल प्रसाद साँवा ( लिम्बु ) नै हुन एल. पी. साँवा ( लिम्बु ) बाल्यकाल अवस्थामा २०३० शाल मा जन्मथलो लाई छोडेर बुबा, आँमा को साथ मा तराई को तत्कालिन सतासीधाम गा. बि. स. वार्ड नम्बर ७ दुधे (झापा ) स्थाई बसाई सराई गरी आएका थिए । उहाँ ले प्रारमिक शिक्षा सोही ठाउँ को बिध्यालय श्री राष्टिय रमणिय आदर्श मा. बि. बाट सुरू गरे पढाईमा अब्बल एल .पी साँवा कहीले तेस्रो हुन् परेन |उहाले २०४२ शाल को एस. एल. सी. परिक्षा मा राम्रो नतिजा ल्याउनु भयो । सानै बाट चतुर र क्रान्तीकारी सोच राख्ने पृथक शैली का आफ्ना समकालीन साथीहरु भन्दा अब्बल थिए बर्तमान राजनितिक परिवर्तन हुनुपर्छ | भन्ने भावाना भएकोले निरंकुसता प्रती बित्रिस्ना पैदा हुने गर्थ्यो | र पंहेलो निर्दलीय र बहुदल को झण्डा हुदा उनी हरीयो झण्डा मुनी आफु र आफ्ना साथिहरू लाई सामेल गराउथे |तथापी उनलाई मार्गदर्शीत गर्ने कोही थिएन । पढेर केही बन्नु पर्छ भन्ने सोच ले साँवा लाई पिरोल्थ्यो उनको सपना डक्टर बन्ने भएकोले उच्च शिक्षा हासिल गर्न उनी धरान पुगे | हात्तीसार क्याम्पस मा भर्ना भए । सो कलेज मा पढाई सुरू गर्दै उनी तात्कालीन स्ववियु को निर्बाचीत सभापती बन्न पुगे । धरानमा एल .पी साँवा आई. ए. सी सकेर ( बि. ए.सी. ) पढन राजधानी काठमाडौ जाने तयारी मा लागे उनको बुबा लाहुरे भएता पनी प्रयाप्त खर्च कै अभाब मा दु:ख ले थोरै खर्च लिएर काठमाडौ भित्रिएका उनी माथी झन,झन बोझहरू बढ्दै जान थाल्यो । पढाई लाई निरंन्तरता दिदै काम गर्नु पर्ने बाध्यता ले शिक्षण पेशा गर्दै आफ्नो आवश्यकता टार्ने गर्थे । उक्त संघर्षरत समयमा पनी उनी समाज रूपान्तरण र परिबर्तन का निम्ती लागी परिरहन्थे । तसर्थ साँवाले बाटो लाई केही परिबर्तन गर्नु पर्ने बुझेर नै ( एमाले ) निकट बुद्वीजिबी संगठन र बव्यवशायिक तथा उधोगी हरू को पनी संगठन मा रहेर महत्वपुर्ण भुमिकामा काम गर्नथाले ।
त्यसैको फलस्वरुप उधोग तथा व्यवशायिक महासंघ को संथापक सचिव भएर लामो समय काम गर्दै आएका उनले हाल पनी उधोग तथा ब्यबसाय महासंघ को केन्द्रीय उपाध्यक्षमा बहाल छन । समयको क्रम संगै अर्को महत्वपूर्ण जिम्मेवारी पनी समालेका थिय बैदेशिक रोजगार व्यवशायिक महासंग को केन्द्रीय अध्यक्ष भएर एक कार्यकाल सफलतापुर्वक आफ्नो नेतृत्वमा पुरा गरे | उहाको नेतृत्वमा भएको बैदेशिक रोजगारी सम्बन्धि विभिन्न काम सबैको लागि सह्रानीय थियो | उनले पार्टी को भातृ संगठन उधोग तथा व्यवशाय महासंघ प्रदेश नम्बर एकको प्रमुख को जिम्मेबार पनी समालेका छन ।
समाजसेवी भावना भएको एल .पी साँवा धेरै संघ संस्था मा आबद्धछन् | अध्यक्ष:- पुष्पलाल मेमोरीयल ईनर्जी को- अपरेटिभ लि. अध्यक्ष :- ओभरसिज नेप्लिज ईन्भेष्टमेन्ट कम्पनी लि. आदी तसर्थ अध्यन र ब्यबशायिक कार्य का लागी झण्डै दुई दर्जन देशहरू को भ्रमण गरी सक्नु भएकोछ । भने नेकपा ( एमाले ) बाटै झापा को साबिक क्षेत्र नम्बर ( पाँच ) हाल ( चार ) बाट २०७० शाल को संसदीय निर्बाचन मा काग्रेस का केशब कुमार बुढाथोकी संग झिनो मतान्तर ले मात्र पराजित हुनुभएको थियो | यो पराजयले उहा लाई स्थानीय जनता संग अझ नजिक बनायो |
झापाली जनता को उहाँ प्रती को आशा को दियो आफु पराजित भएपनी कुनै पल निभ्ने मौका नदीकन प्रतेक दु:ख मा जनता को घर दैलो मा दिन रात बिताएका उनी बिगत ५ बर्ष देखी नै लामो समय झापाली जनताको घर आगन र सुख,दुख मा ब्यतीत गर्दै आएका छन । बाढी, खोलाले गरेको कटान, बाँध निर्माण देखि स्थानीय जनतामा आइपरेको जस्तोसुकै आपत बिपत मा एल.पी साँवा स्वयम् उपस्थित उद्धार र सहयोग गरेको छन् | खेलकुद देखि विभिन्न कार्यक्रममा उनले आफ्नो अतुलनीय सहयोग पुर्याएको छन्उ | विभिन्न क्लबमा खेलकुद सामग्री र बिधालयमा पाठ्य सामाग्री पनि वितरण गर्दै आएको छन् |
त्यसले होला झापाको स्थानीयवासीले भन्ने गर्छन | एल.पी साँवा भनेको जनताको शुख दु:खको साथी हो | झापाली जनता सावाँले यसपालिको निर्वाचनमा झापा ४ बाट अत्याधिक बहुमतले विजय गरेर रास्ट्र कै रास्ट्रिय नेता बनेको हेर्न चाहन्छन | उहा भन्ने गर्छन म भोको र नागो रहेर केही फरक पर्दैन | तर मेरो भरोसा मा रहने हरेक जनताहरू ले मैले दिएको सहयोग र साथ को हरपल महसुस गरून । प्रत्येक वार्ड क्षेत्र र झापा जिल्ला भरी भातृ संगठन बिस्तार गरी सबै संगठन लाई चुस्थ र सकृय बनाउन मा ठुलो योगदान पुगाउने एल पी साँवा ( लिम्बु ) भन्ने बितिकै हाल बिपक्ष लाई पनी चासो हुन थालेकोछ ।
त्यसैको फलस्वरूप यसपाली पनी झापा क्षेत्र नम्बर ( ४ ) बाट एमाले पार्टी र बाम गठबन्धन बाट सर्बसम्मत रूपमा उम्मेदवार चयन गरी एल पी साँवा ( लिम्बुले) टिकट प्राप्त गर्न सफल भएको छन् । बास्तवमा झापा ४ का स्थानीय जनताको अपेक्षा पनि यहि थियो ।
https://pathibharachannel.com/2017/10/31/1277/