झापा ४ : एल.पि. साँवाको पहलले सार्थकता पायो, कन्काई माईमा नयाँ पुल बन्ने भयो

ujyaalokhabar 2022 Dec 30

झापा ४ : एल.पि. साँवाको पहलले सार्थकता पायो, कन्काई माईमा नयाँ पुल बन्ने भयो

दमक/
झापाको क्षेत्र नं ४ स्थित शिवसताक्षी नगरपाकिलाको मदरगाछा अन्त भन्दा विकट र दुर्गम हो । विकासको बामे सर्दै गरेको यो ठाउँकालागि अर्को खुसीको खवर छ त्यो हो कन्काई नदिमा बन्ने नयाँ पुल ।

कन्काईमाईमा पुल नभएकै कारण यहाँका बासिन्दाको आवागमन बर्खाको समयमा ठप्प हुन्छ । हिँउदमा पनि खोलाको पानी माथीबाटै यात्रा गर्नु पर्दा अनेकन कठीन झेलिरहनु परेको छ । तर अव यी कठिनका दिन हटेर जाने भएको छ ।

यहाँ अव नयाँ पक्की पुल बन्ने छ । कन्काई नदिमा पुल निर्माण गर्नकालागि गरिएको पहलले सार्थकता पाएको छ ।
अघिल्लो पटक नै यस क्षेत्रका प्रतिनिधीसभा सदस्य एल पि सावाले तत्कालीन भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङसँग यहाँ पक्की पुल निर्माण गरिदिन माग गर्नु भएको थियो ।

अहिले यसले सार्थकता पाउँदै निर्माणको काम पनि सुरु भएको छ । ‘ जनताको आवश्यकतालाई बुझेर पहिलेनै यहाँ पुल चाहिन्छ भनेर पहल गरेको थिए । अहिले मरदगाछामा पुल निर्माणको काम सुरुवात भएको देख्दा खुसी लागेको छ ।’ सावाले उज्यालो खवरसँगको कुराकानीमा बताउनु भयो ।
२०७८ बैशाख ५ गते सावाले नेम्वाङलाई कन्काई नदिमा पुल निर्माण गरिदिन भन्दै योजनाको माग गर्नु भएको थियो । त्यहि बेला नेम्वाङले बिभागिय सचिवलाई आर्थीक वर्ष २०७८/७९ को कार्यक्रममा योजना समावेश गर्दै बजेटको व्यवस्था गरिदिनु भनेर तोक लगाउनु भएको थियो । त्यसैले यहाँ योजना पर्न सफल भएको सावाले जानकारी दिनुभयो ।

त्यसबेला तोक लागेपछि यहाँ पुल निर्माणको डिपिआर भएको र कस्तो डिजाईन र कुन प्रकारको पुल आवश्यक पर्ने भन्ने बारेमा प्राविधिक समुहले निरिक्षण गरेर पक्की पुल निर्माण आवश्यक रहेको ठहर्याएको थियो । सोहि बमोजिम १ अर्व १२ करोड ५२ लाख १२ हजार रुपैँयामा ४ लेनको पुल बनाउन ठेक्का लाग्यो । यहाँ पुल निर्माणकालागि शुक्रबार प्राविधिक समुहले माटो परिक्षण गरेर कामको सुरुवात गरेको छ ।