एमालेको सर्वसम्मत उमेद्वार

Dharan Weekly 2017 Oct 13

एमालेको सर्वसम्मत उमेद्वार

धरान÷आगामी मंसिर १० र २१ गते दुई चरणमा गरी एकैपटक हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले सर्वसम्मत ढंगले शीर्ष नेताहरुको नाम टुंगो लगाएको छ ।
एमाले स्रोतले दिएको जानकारी अनुसार प्रदेश नं. १ को ताप्लेजुङ्गबाट एमाले सचिव योगेश भट्टराई, पाँचथरबाट बसन्त नेम्बाङ्ग, इलामको दुई क्षेत्रबाट एकमा झलनाथ खनाल, दुईबाट सुवाषचन्द्र नेम्बाङ्ग, झापाको पाँच क्षेत्रबाट क्रमश ः गोपाल बुढाथोकी, पवित्रा खरेल, पुष्प पोख्रेल, एल.पी. साँवा लिम्बु, केपी शर्मा ओली, धनकुटाबाट राजेन्द्र राई, सोलुखुम्बुबाट नन्दमणि राई, ओखलढुंगाबाट यज्ञराज सुनुवार रहेका छन् । मोरङ्ग, सुनसरी, तेह्रथुम, भोजपुर, उदयपुर, खोटाङ्गमा आकांक्षी धेरै भएकोले उसले दर्जनभन्दा बढी नामहरु केन्द्रमा सिफारिस गरेको छ ।
यसैगरी प्रदेश नं. २ बाट सिराहा क्षेत्र नं. १ बाट केपी शर्मा ओलीको नाममा मात्र सर्वसम्मत जुटेको छ भने सप्तरी १ बाट सुमनराज प्याकुरेल, २ बाट रन्जु ठाकुर, ३ बाट ताराकान्त चौधरी, ४ बाट मोहम्मद इस्लाम,
रौतहट १ बाट माधवकुमार नेपाल, २ बाट सैलेन्द्र साह, ४ बाट माधव नेपाल, बारा दुईबाट छढुप्रसाद यादवको नाममा सर्वसम्मत जुटेको छ । प्रदेश नं. ३ को सिन्धुपाल्चोक १ बाट अरुण नेपाल, दुईबाट शेरबहादुर तामाङ्ग, काभ्रेपलाञ्चोक २ बाट गोकुल बास्कोटा, भक्तपुर २ बाट महेश बस्नेत, ललितपुर २ बाट कृष्णलाल महर्जन, काठमाण्डौ २ बाट माधवकुमार नेपाल, ३ बाट कृष्ण राई, ४ बाट राजन भट्टराई, ५ बाट इश्वर पोख्रेल, ७ बाट
रामबीर मानन्धर, रसुवाबाट जनार्जन ढकाल,, धादिङ्ग १ बाट भूमि त्रिपाठी, चितवन १ बाट सुरेन्द्र पाण्डे, २ बाट कृष्णभक्त पोख्रेल रहेका छन् ।
उता प्रदेश नं. ४ को तनहुँ १ मा किसान श्रेष्ठ, लम्जुङ्गमा पृथ्वी सुब्बा गुरुङ्ग, कास्की १ बाट खगराज अधिकारी, २ बाट रविन्द्र अधिकारी, मनाङ्गबाट टिरपल पि गुरुङ्ग, स्याङ्जा २ बाट पदमा अर्याल, नवलपुर २ बाट तिलक महत, वाग्लुङ्ग २ बाट मोहनलाल शर्माको नाममा सर्वसम्मत भएको छ । प्रदेश नं. ५ को नवलपरासी २ बाट डा. शोभाकान्त ढकाल, रुपन्देही २ बाट विष्णु पौड्याल, ५ बाट खिमलाल भट्टराई, पाल्पा १ बाट ढलबहादुर राना मगर, गुल्मी १ बाट प्रदीप ज्ञवाली, गुल्मी २ बाट गोकर्ण विष्ट, दाङ्ग २ बाट शंकर पोख्रेल, बर्दिया १ बाट बामदेव गौतमको नाममा सर्वसम्मत भएको छ । यस्तै प्रदेश नंं ६ को डोल्पाबाट धनबहादुर बुढा, हुम्लाबाट दल रावल, जुम्लाबाट धिरेन्द्रराज गिरी, सुर्खेत १ बाट धुव्र साही र प्रदेश नं. ७ को कैलाली १ बाट गरिमा साह, २ बाट भिम रावल, ३ बाट विमलकुमार जोशी, ४ बाट दीर्घ सोडारी, कञ्चनपुर १ बाट
तारा लामा, डोटीबाट प्रेम आले मगर, दार्चुलाबाट गणेश सिंह ठकुन्ना, अछामबाट भीम ब. रावल, बाजुराबाट लालबहादुर थापाको नाममा सर्वसम्मत सिफारिस भएको छ ।
http://dharanweekly.com/?p=8507