एल पी साँवा : चुनाव पछि पनि गाउँमै, हरेक दिन नयाँ योजनाका सिलान्यास र अनुगमनमा व्यस्त

ujyaalokhabar 2022 Dec 17

एल पी साँवा : चुनाव पछि पनि गाउँमै, हरेक दिन नयाँ योजनाका सिलान्यास र अनुगमनमा व्यस्त

दमक/
झापाको क्षेत्र नं ४ का प्रतिनिधीसभा सदस्य एल पि सावा अहिले पनि गाउँमै हुनुहुन्छ । चुनाव जीतेर काठमाडौ गएर बस्ने सांसदहरु भन्दा सावा भीन्न देखिनु भएको छ । उहाँले गाउँमा नयाँ योजनाको सिलान्यासका साथै चलीरहेका योजनाहरुको अनुगमनमा दैनिकी बिताइरहनु भएको छ ।

यसै सन्दर्भमा आज शनिबार पनि उहाँ जनताको आवश्यकतालाई महसुस गर्दै यस क्षेत्रको महत्वपूणर् योजनाको सिलान्यास गर्नमा व्यस्त देखिनु भयो ।
सावाले शिवसताक्षी नगरपालिका वडा नं ५ स्थित शिवगञ्जको पुरानो बजार दक्षिणमा तटबन्ध निर्माणको काम गर्न सिलान्यास गर्नु भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै सावा सहित यस क्षेत्रका प्रदेश सांसद, वडाध्यक्ष लगायतको उपस्थितीमा सिलान्यासको काम सम्पन्न भएको छ ।

कन्काई नदि अन्तर्गतको हात्तीसार- भेलामानी तटबन्ध निर्माणको सिलान्यास सावा र त्यस वडाका वडाध्यक्ष सिकिन पासवानले संयूक्त रुपमा गर्नु भएको हो । कार्यक्रममा यस क्षेत्रका प्रदेश संसाद राधाकृष्ण खनाल सहित अन्य सामाजीक व्यक्तित्व तथा अन्य जन सहभागीता रहेको थियो ।

२०७९ असार ६ गते यो काम गर्न काठमाडौको देव एण्ड सायर कन्ट्रक्सन प्रालिले सम्झौता गरेको थियो । ३ करोड १४ लाख ६९ हजार ५ सय ३८ रुपैँयामा निर्माण गर्न सम्झौता भएको यो योजना २०८० जेष्ठ १६ गते सम्ममा सम्पन्न गरिसक्नु पर्ने छ ।

यस क्षेत्रका जनताका आवश्यकतालाई महसुस गर्दै विकास अभियानमा लागेको र प्रदेश तथा स्थानिय तहका जनप्रतिनिधीलाई यो अभियानमा साथै लीएर अघी बढ्ने सावाले सुनाउनु भयो ।

अघिल्लो पाँच वर्ष काम गर्ने महत्वपूणर् समयमा कोभिड महामारीले असर गरेको र कोरोना सकिएपछि आफ्नो पार्टिको नेतृत्वमा रहेको सरकारनै परिवतन भएका कारण विकासका काममा केहि अवरोध भएको बताउदै सावा भन्नु हुन्छ ‘अव जुनसुकै स्थितीमा पनि यो क्षेत्रका जनताले विकासको नयाँ अनुभूति गर्न पाउने छन् ।’