अवका यूवाले उद्यम पढौै उद्यम गरौ’ : सांसद एल पी साँवा

ujyaalokhabar 2023 Feb 19

अवका यूवाले उद्यम पढौै उद्यम गरौ’ : सांसद एल पी साँवा

दमक/
झापा क्षेत्र नं ४ का प्रतिनिधीसभा सदस्य एल पि सावाले अवको पुस्तालाई उद्यमका कुरा सिकाउनु पर्ने बताउनु भयो । उद्यमका बारेमा पढाएर आफ्नै ठाउँमा नयाँ नयाँ उद्यम खोल्न र गर्न अभिपे्ररित गरिनु पर्नेमा उहाँले जोड दिनु भयो ।

डाइनामिक पब्लिक लाईब्रेरिको तेस्रो महाधिवेशनलाई उद्धघाटन गर्दै सांसद सावाले अहिले देशमा आर्थीक संकट आउनुमा यूवाहरुलाई आफ्नै ठाउँमा उद्यमशिल बनाउन नसकेर पनि रहेको बताउनु भयो ।

पछिल्लो समय यूवा पुस्ताको योजना र ध्यान विदेश जाने , कमाउने र उतै व्यवस्थीत भएर बस्ने मात्रै बनेको र सरकारले यो सोचाईमा परिवर्तन ल्याउन वा निरुत्साहीत गर्दै आफ्नै ठाउँमा उद्यमशिलाताको विकास गराउन नसकेको उहाँको टिप्पणी थियो ।

‘विदेशमा रहेका यूवाहरुले पठाएको रेमिटेन्सका भरमा चल्ने देश केहि महिना मात्रै त्यो रेमिटेन्स आउन बन्द भयो भने अन्तराष्ट्रिय मुद्रा सञ्चितीनै घट्छ , यसको असर यहाँका आयातमा पर्छ आयातमा परेको प्रभावले राज्यको राजस्व संकलनमा असर पर्छ र देशमा अहिलेको जस्तो आर्थीक संकट आउँछ ।’

सावा भन्नु हुन्छ तर अव यो कुराको ब्रेक हुनु पर्छ देशका यूवालाई देशमै उद्यम गरेर बस्नु पर्छ भन्ने कुराको भावना विकास गराउँदै त्यसको वातावरण बनाउन सरकारले नितिगत रुपमा सुधार गर्दै जानु पर्ने उहाँको भनाई थियो ।

यसकालागि अहिलेका पुस्ताले यूवा उद्यम पढ्नु पर्ने र त्यस अनुसार काम गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

सावाले बोल्नु भएको भिडियो लाई यहाँ राखीएको छ ।

 

आफ्नै जीवन जिउँन पुस्तक पढ्दा पढ्दै बन्यो राष्ट्रिय स्तरको पुस्तकालय

११ वर्ष अघी झापाको दमक ८ स्थित सेतुमारी रोडको एउटा घरको तल्लो तलामा सानो कोठा थियो । त्यो कोठामा भेषराज न्यौपाने बस्नु हुन्थ्यो । दुर्घटनामा परेर खुट्टा चल्न नसकेपछि उहाँ ताल्लै तलमा बस्नु हुन्थ्यो । त्यहाँ उहाँले आफुलाई कसरी मजवुद बनाउने, कसरी आफुमा हिम्मत बढाउने भन्ने पुस्तकहरु पढ्नु हुन्थ्यो ।

यसकालागि उहाँको कोठामा पुस्तकका थाक लाग्न थाले । उहाँलाई भेटन् आउँने साथीहरुले ती पुस्तक पढ्न थाले । पुस्तक पढ्नैका लागि साथीहरु घर आउँन थालेपछि त्यहि कोठालाई उहाँले पुस्तकालयको रुपमा विकास गराउनु भयो । र यसको नाम रह्यो दमक पव्लिक लाईब्रेरी ।

अहिले यो पढ्ने कोठा अर्थात पुस्तकालाय देशभर फैलिएको छ । पठन सस्कृतीको विकाससँगै सकरात्मक सोच सहित सु-सस्कृत यूवा नेतृत्व निर्माण गर्नकालागि अहिले यसलाई डाइनामिक पब्लिक लाईब्रेरीको नामले देशका १३ शहरमा फैलिएको छ । हरेक शहरमा यूवाहरुले यसको नेतृत्व गरेका छन् ।

तर यो पस्तकालयले जीवनमा संघर्ष सिकाउन महत्वपूणर् भूमिका खेलेपनि जीवनलाई सहजरुपमा चलाउन भने कमै सिकायो कि भन्ने भान यसका सस्थापक अध्यक्ष न्यौपानेलाई लागेको छ ।

अहिले यो पुस्तकालयमा पढेका पुस्तकबाट कम्तीमा पैसाको व्यवस्थापन , ब्यापार गर्ने तरिका र मुनाफाका कुराहरु सिकेको भए यूवाहरुले यही उद्यम गर्न सक्ने थीए वा आफुले पनि अहिले सम्म ऐस आरामको जीवन जीउँन सक्ने थिए कि भन्ने चाहि उहाँलाई लागेको छ ।

त्यसैले अव यी लाईब्रेरीमा जीवनलाई सघंर्ष मात्रै होईन सहज तरिकाले जिउँने कला सिकाउने पुस्तकहरु पनि राख्ने गरिको तयारी गरिने उहाँले बताउनु भयो ।