अहिलेकाे सरकारबाट केही अपेक्षा गर्न सकिन्न : एलपी सावा लिम्बु

Sunrisekhabar 2023 Mar 29

250115

काठमाडाैं । नेकपा एमालेका सांसद् लालप्रसाद सावा लिम्बु (एलपी) ले अहिलेकाे सरकारले देश र जनताका लागि कुनै काम गर्न नसक्ने बताउनुभएकाे छ ।

बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् लिम्बुले सत्ता स्वार्थमा मात्र केन्द्रित रहेकाे अहिलेकाे सरकारबाट केही अपेक्षा गर्न नसकिने बताउनुभयाे ।

देशकाे अर्थतन्त्र अस्तव्यस्त रहेका बेला सरकार भागबण्डामा केन्द्रित भएकाे भन्दै उहाँले अर्थतन्त्र संकटमा रहेका बेला सरकारले अर्थमन्त्री समेत नियुक्त गर्न नसकेकाे बताउनुभयाे । सांसद् लिम्बुले भन्नुभयाे - 'आर्थिक संकटकाे बेलामा मुलुकमा सरकार त छ तर अर्थमन्त्री छैन, भनेपछि सरकार अर्थतन्त्रप्रति कति गम्भीर छ ? मुलुकलाई आर्थिक संकटबाट बचाउने समृद्ध बनाउने हाेइन, गठबन्धन सरकार मन्त्रिपरिषद् र भागबण्ड गर्नमा मस्त र व्यस्त छ, याे सरकारबाट नेपाली जनताले के अपेक्षा गर्ने ?'

समग्रमा सेयर बजार खस्किएकाे, वस्तुकाे चाेरी निकासी र पैठारी बढेकाे, व्यापार खस्किएकाे, महंगी बढेकाे र जनता मारमा परेकाे भन्दै उहाँले यसमा सरकार गम्भीर नभएकाे बताउनुभयाे ।

 

  •  २०७९ चैत १५ गते १६:०० मा प्रकाशित
  • https://sunrisekhabar.com/parliament/65565/2023-03-29